Breaking News: हङकङमा निर्माण क्षेत्रमा ट्रकले किचेर एक नेपालीको दुखद मृत्यु! (भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –

हकङक, ६ डिसेम्बर। हङकङमा निर्माण क्षेत्रमा ट्रकले किचेर विहिवार दिउंसो एक नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा खोटाङका ३९ वर्षीय प्रकाश राई रहेका छन्। यो घटना फनलिङस्थित निर्माणाधिन लियन टान टनेल (सुरंग) मा भएको हो।

काम गरिरहेको समयमा पछाडिबाट गुडिदै गएको ट्रक उनीमाथि चढेका थिए। ट्रक गुडेर आएको थाहा नपाएपछि उनी ट्रकमुनि परेका थिए। ब्याक हुंदै गुड्दै गएको ट्रकलाई अर्का एकजनाले रोक्न कोशिस गरे पनि रोक्न असफल भएको सीसीटिभि फुटेजमा देख्न सकिन्छ।

घटनापछि उनलाई उपचारको लागि अस्पताल लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेको राईलाई चिकित्सकले मृत घोषणा गरेको छ।

घटनापछि राईका परिवार र आफन्त अस्पताल पुगेका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसरी गयो ज्यान राईको। हार्दिक श्रद्धाञ्जलि!

फोटो सौजन्यः अन सीसी





Comments

comments

Leave a Reply

25912