श्रृंखला टप ५ मा नपर्दा, मेक्सिकोलाई विश्व सुन्दरीको ताज (भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ। चीनको सान्यामा शनिवार साँझ सम्पन्न मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सले जितेकी छन्।

२६ वर्षिया भेनिसाले ११८ देशका सुन्दरीलाई पछि पार्दै विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।

उनले टप फाईभमा बेलारूस, यूगाण्डा, जमाइका र थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। पेसाले उनी मोडल हुन्।

भेनिसाले मिस वर्ल्डको ताजसंगै हेड टु हेड र ब्युटी विद अ पर्पसको उपाधिसमेत जितिन्। मिस वर्ल्ड २०१७- मानुषी चिल्लरले उनलाई ताज हस्तान्तरण गरेकी थिइन्। थप जानकारी भिडियोमा…





Comments

comments

Leave a Reply

25948