Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
गायिका पूर्णिमा लामाले पहिलो पटक गाईन् पूर्वेली भाकाको गीत – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

गायिका पूर्णिमा लामाले पहिलो पटक गाईन् पूर्वेली भाकाको गीत

नेपाल तथा हङकङ बसोबास गर्नुहुने गीतकार टंक सम्बाहाङफेको गीतमा गायक तथा संगीतकार राजशुक्र लिम्बुको संगीतमा पहिलो पटक भाईरल बनिसकेकी चर्चित गायिका पूर्णिमा लामाले पहिलो पटक गाईएकी छिन्।

पूर्वेली भाकाको गीत/नेपाली आधुनिक गीत गाउदै आएकी पूर्णिमाले पहिलो पटक पूर्वेली भाकाको गीत गाउदा पनि उत्तिक्कै जमेर गाएको पाईएको छ।

गीतकार टंक सम्बाहाङफे भन्नुहुन्छ आधुनिक अथवा शास्त्रीय गाउनेले अझ राम्रो गाउने रहेछन । जुन मेरो पूर्वेली भाकाको गीत थियो त्यो गायिका पूर्णिमा लामाले अझ सुन्दर र नया ढंगले गाउनु भएको छ।

यस गीतका संगीतकार राजशुक्र लिम्बुले पनि पत्रकारहरुसंग प्रतिक्रिया दिदै भन्नु भयो गायिका पूर्णिमा लामाले पूर्वेली भाकाको गीतमा राम्रै पकड राख्न सक्छन भनेर नै मैले उनको आवाज रोजेको हु।

गायिका पूर्णिमा लामाले पहिलो पटक पूर्वेली भाकाको गीत गाईसकेर स्टुडियोभित्रै पत्रकारहरुलाई यस्तो प्रतिक्रिया दिईन। मैले पहिलो पटक पूर्वेली भाकाको गीत गाएको हु यसमा म धेरै खुशी छु र यो अवसरको लागि गीतकार टंक सम्बाहाङफे र संगीतकार राजशुक्र लिम्बुलाई धन्यबाद दिन चाहन्छु।

गीत र संगीत अत्यान्तै राम्रो भएकोले सक्दो न्याय दिने प्रयास गरेको छु। त्यसैले दर्शक श्रोताहरुले मनपराई दिनुहुन्छ भन्ने आशा लिएको छु। र पूर्वको कार्यक्रममा जादा अब मलाई गीतको खाचो नहुने भयो। हाल यो गीतको स्टुडियो भिडियो छायाङकन गरिएको गीतकार टंक सम्बाहाङफेको आफ्नै व्यक्तिगत युट्युब च्यानल टंक सुब्बाबाट हेर्न सकिने छ।

https://youtu.be/aH40EMs9G_0





Comments

comments

Leave a Reply

26014