मेरी प्रेमिका भन्दै मण्डपमै चिर्पट प्रहार गरेपछि अढाई महिनाकी गर्भवती बेहुली घाइते

विराटनगर, विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाँउपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वस्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ।

आक्रमणबारे सोधपुछ गर्दा पक्राउ परेकामध्ये एकले ‘बेहुली मेरी प्रेमिका हुन्’ भने पनि प्रतीक्षाले आफू र उनका बीचमा कुनै सम्बन्ध नरहेको दाबी गरिन् । ‘उनीहरुलाई म चिन्छु, आधा घण्टा पैदल परको गाउँका हुन्, तर मैले कसैसँग प्रेम गरेकी छैन ।’ उनले भनिन्।

दाइहरुले सम्झाइबुझाइ पठाए पनि उनीहरु पुनः आएर झगडा गर्न थालेपछि बेहुली प्रतीक्षा नै बाहिर निस्किएर सम्झाउने प्रयास गरेकी थिइन् । त्यसैक्रममा उनीमाथि नै चिर्पट प्रहार भयो। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26223