न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ डिसेम्बर। मिस हङकङ नेपाल २०१८ सौन्दर्य प्रतियोगिताको उपाधि प्रिया गुरुङले जितेकी छन्।
मिस नेपाल हङकङ सोसाइटीको आयोजनामा बुधवार साँझ सम्पन्न प्रतियोगितामा फस्ट रनरअप नेहा राई र सेकेन्ड रनरअप जानिभा श्रेष्ठ भए।
विजेता प्रिया गुरुङले मिस नेपाल २०१९ को लागि सिधै इन्ट्री पाउने भएकी छन्।
मिस्टर हङकङ नेपालको च्याम्पियनसिप उपाधि २०१८ मनिष लिम्बुले जितेका छन्। फस्ट र सेकेन्ड रनरअप क्रमशः चन्द्र कुमार सुनुवार र रिथ बिक्रम मल्ल भए।
याउ मा तेई कम्युनिटी सेन्टरमा भएको कार्यक्रमलाई मिस नेपाल इन्टरनेशनल २०१२ सुभेक्षा खड्काले सञ्चालन गरेकी थिइन्।
फोटो र फेसबूक लाईभ भिडियो: जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
https://youtu.be/TqkRM5bUX9s
(1) Miss Talent – Neha Rai
(2) Miss Personality- Sabina Gauchan
(3) Miss Congeniality- Madhuri Limbu
(4) Miss Next Top Model – Numa Limbu
(5) Miss Photogenic- Janiva Shreshtha
(6) Miss Fashion Icon – Malina Gurung
(7) Miss Glamours look – Neha Rai
(8) Miss Audience Choice- Neha Rai
(9) Miss Popular- Priya Gurung