Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गाँउमा नै व्यस्त सोल्टी

नवीन गुरूङ / एचकेनेपाल डट कम-
पैसा छैन गोजीमा, मायालुको खोजीमा गीत चर्चित बनेसँगै गायन क्षेत्रमा पनि सक्रिय देखिएका उद्घोषक तथा कलाकार गुरूङ सोल्टी यतिबेला गाँउमा नै व्यस्त बनिएका छन्।

इलाका प्रहरी कार्यालय, इटहरीले कार्तिक १ गते गर्ने भनिएको शुभकामना तथा सम्मान कार्यक्रम रोकपछि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय, इनरुवाबाट स्वीकृती लिएर कार्तिक ४ गते, तरहरा बजार, बास्केटबल ग्राउण्डमा धमदार प्रस्तुत दिएका सोल्टीले महिना नवित्दै फेरि ग्रन्ज ब्याण्ड तरहराको देउसी भैंलो समापन कार्यक्रममा गाँउलेलाई आफ्नो जादुमय कलाले उचालेका छन्। स्टेजमा गीत गाउने मात्र होईन, उनले उद्घोषण गर्ने तथा दर्शक हँसाउने काम समेत एकैपटक गर्छन्।

कार्तिक ४ गते भएको कार्यक्रममा प्रथम नेपाल आईडल गायक विक्रम राई, रोशन राई, बसन्त घिमिरे तथा गायिका निरु राई, अनिता गुरूङ र युनाईटेड थर्डटिनले साथ दिएको थियो भने कार्तिक १५ गते ग्रन्ज ब्याण्डले आयोजना गरेको कार्यक्रममा सोल्टीसँगै ग्रन्ज ब्याण्डका गायक आकाश राई, नाईजल राई, अनिस खाती, रयापर चन्द्रहाङ्ग राई, राष्ट्रिय गायक रोशन राई, दिपक शंकर, डान्सर सरु तामाङ्ग लगायातले साथ दिएका थिए।

तिहार विदाई कार्यक्रमको अवसरमा संकलित रकम सामाजिक कार्य तथा ब्याण्डले रिलिज गर्ने पहिलो एल्बमका लागि खर्च गरिने अध्यक्ष तथा ब्याण्डका म्यानेजर भिसन राईले बताए। कार्यक्रममा मलेसियाबाट दर्शक राईले सबैभन्दा बढी २० हजार रुपैयाँ दक्षिणा सहयोग गरेका थिए।





Comments

comments

2642