पैसा निकालेपछि सर्वोच्चको आदेशः सुमार्गीको खाता रोक्नु

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ।

यही पुस १० गते न्यायधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो।

उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्ट कम्पनीको नाममा आएको करिब ८४ करोड ९७।५ मिलियन अमेरिकी डलर० रकम बैंकबाट झिकिसकेका छन्।

मंगलबार प्रधान्यायधीश चोलेन्द्र शमशेर जबरा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघिको उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिनु र उनको खाता पहिलकै अवस्थामा राख्नु भनी आदेश जारी गरेको छ। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26437