चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली फर्काइए

बेइजिङ । भिसा अवधि सकिएपछि २ महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) भएका छन्।

रेस्टुरेन्टमा काम गर्न भनेर छ महिनाअघि चीन आएका १४ युवा भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसिरहेको भन्दै चिनियाँ प्रशासनले हिरासतमा राखेको थियो ।

एक जना भिसा अवधीसकेपछि फर्किए । एकजनालाई प्रहरीले थप अनुसन्धान गर्न भन्दै हिरासतमै राखेको छ भने एक जना पक्राउ परेकै बेला नेपाल फर्काइएको थियो ।

गत असारको तेस्रो सातमा दुई चरण गरी ती नेपाली युवा चीनको शाङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पोमा आएका थिए । २१ वर्षदेखि ३५ वर्षका नेपाली युवाहरूलाई राम्रो आम्दानी हुने भन्दै चिनियाँ र मलेसियनले खोलेको भारतीय परिकारको रेस्टुरेन्टमा काम गर्न भनी ल्याइएको थियो ।

आएकामध्ये एक महिनाको भिसा अवधि सकिनासाथ धादिङका अनिल धिताल नेपाल फर्किएका थिए । बाँकी १३ जना युवाहरूमा धनुषाका कृष्णबहादुर लामा र अभिन घिसिङ, दोलखाका दिनेशकुमार कार्की, सर्लाहीका रमेश परियार र दीपक कार्की, धादिङका सौगात धिताल, चितवनका अङ्कित परियार र विशाल परियार, काभ्रेका भीमबहादुर तामाङलगायत थिए ।

सौगातलाई पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा अस्वस्थ देखिएकाले तत्कालै फिर्ता पठाएको थियो । कृष्णबहादुरलाई मानव तस्करीको आरोपमा थप अनुसन्धान गर्नका लागि हिरासतमै राखिएको छ ।

कृष्णबहादुर पहिले मलेसियामा स्याङकै रेस्टुरेन्टमा काम गर्ने । स्याङ खुले चिनियाँसँग मिलेर निङ्पोमा रेस्टुरेन्ट खोल्ने भन्दै कृष्णलाई नेपाली कामदार खोज्न नेपाल पठाएका थिए । स्याङले आफ्ना चिनियाँ साझेदार लिङ छीलाई लिएर गत जेठमा काठमाडौँ गए । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26445