Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

२० बर्षपछि बिर्सिएका यादहरु…



बिर्सिएका यादहरुले आज किन सताउंछ
भुलेका व्यथाहरुले मलाई किन झस्काउंछ

धरानमा २ दशकअघि थुप्रै ब्याण्डहरु सक्रिय थिए । त्यसमध्ये जेलर्स ब्याण्ड र मिक्स मेलोडी ब्याण्डले नेपाली संगीत क्षेत्रमा धरानबाट प्रतिनिधित्व गर्दथ्यो।

उनीहरु त्यो समयमा कन्सर्टको लागि नेपालका बिभिन्न शहर हुदै हङकङसम्म पुगेका थिए । जेलर्स ब्याण्डबाट गायक मनोज मोते आज पनि संगीत संयोजक तथा वाल्किंग क्लाउड ब्याण्डको भोकलिस्टको रुपमा सक्रिय छन् भने मिक्स मेलोडी ब्याण्डको गीतारिस्ट मणि लिम्बु र बिकाश सुब्बा धरानमा नै आफ्नो व्यवसायसंगै संगीत क्षेत्रमा पनि सक्रिय नै छन् भने मिक्स मेलोडी ब्याण्डको गायक संजीव लामा भने परिवारसंगै हङकङ बसोबास गर्छन्।

हङकङमै रहे पनि समय-समयमा गीत तथा म्युजिक भिडियो निकाली रहने गायक संजीव लामाले आफ्नो ब्याण्ड मिक्स मेलोडीको ड्रमर महेन्द्र राईको सम्झनामा आफ्नो ब्याण्डको पहिलो अल्बम बिर्सिएका यादहरुले बोलको गीतलाई अन्प्लगड भर्शनमा रेकर्ड गरि धरान आएको मौकामा पुराना साथी भाईहरुसंगै एउटा म्युजिक भिडियो समेत तयार गरेका छन्।

बुद्ध थापाको छायांकन तथा सम्पादनमा धरानको फ्रेन्ड्स गार्डेनमा खिचिएको भिडियोले पुरानो दिनलाई ताजा बनाएको र भर्खरै दिवंगत ड्रमर महेन्द्र राईप्रति समबेदना रहेको गायक संजीव लामा बताउछन्।
भिडियो लिंक्सः

https://youtu.be/PYG4VWVlNpY





Comments

comments

Leave a Reply

26461