मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पुर्‍याउँदै नेपाली युवती

काठमाडौं । नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मुलुक पुर्‍याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ।

समाचारकाे अनुसार भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुर्‍याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्‍याउने वेश्यावृत्तिलगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइएको छ।

महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्र्रो मुलुक पुर्‍याउने रहस्या पत्ता लगाएको दाबी गरेको छ । काठमाडौं विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाई गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पुर्‍याउने र त्यहाँको यांगुनअन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पु-याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिनु भयो। नेपाल समाचार पत्रले खबर छापेको छ।





Comments

comments

Leave a Reply

26762