अफ्रिकामा नक्कली नेपाली भिसा बनाउने गिरोह

अफ्रिकी देशहरूमा नक्कली नेपाली भिसा बनाउने गिरोह सक्रिय रहेको खुलेको छ।

नक्कली भिसाका आधारमा नेपाल आएका तीन नाइजेरियन नागरिक पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले तीन साताअघि तीनजना नाइजेरियनलाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा अफ्रिकामै एक समूहले उनीहरूलाई सक्कली भनेर नक्कली नेपाली भिसा दिलाएको खुलेको हो ।

अध्यागमन कार्यालयले ३६ वर्षीय इमेका पान उडरे, २५ वर्षीय एन्थोटी एजेमा र २६ वर्षका एडेक्स नेबोचुबुलाई पक्राउ गरेको थियो । उनीहरू छुट्टाछुट्टै नेपाल आएका थिए । तीनैजना नक्कली भिसाका आधारमा आएको विभागले जनाएको छ । उनीहरूमध्ये दुईजनाले केन्याको राजधानी नैरोबीमा र एकजनाले दक्षिण अफ्रिकाको प्रेटोरियामा भिसा बनाएका थिए। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

26766