अमेरिका ह्वाइट हाउसअघि नेपालीको नाराबाजी

न्युयोर्क । अध्यागमनसम्बन्धी अस्थायी व्यवस्था टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)को समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रदर्शन गरेका छन्।

मंगलबार उनीहरूले हिमपातको समेत वास्ता गरेनन्; ह्वाइट हाउसअघि टीपीएसका पक्षमा नाराबाजी गरिरहे।

नेपालीभाषीहरूको अधिकारका लागि न्युयोर्कमा कार्यरत ‘अधिकार’ नामक संस्थाको नेतृत्वमा टीपीएसवाहक, समर्थक र अधिकारकर्मीहरू वासिङ्टन डीसी पुगेका थिए। नेपालीको प्रदर्शनमा विभिन्न मुलुकका टीपीएस प्राप्त नागरिकले समेत समर्थन जनाएका छन्।

नेपाल र होन्डुसरको टीपीएस समाप्त नगर्न माग गर्दै दुई दिनअघि अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा तीन जना नेपालीले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता गरेका छन्। केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले त्यहाँको सरकारलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको दुई दिनपछि वासिङटन डीसीमा बृहत् प्रदर्शन गरिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेकोक छ।





Comments

comments

Leave a Reply

26931