पानीजहाज कार्यालयमा कर्मचारी छैनन्

काठमाडौं, कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो।

तर त्यसअनुरुप नभएपछि उहाँको अभिव्यक्तिको तीव्र आलोचना हुन थाल्यो । ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ’ भन्नेको लर्काे सामाजिक सञ्जालमा बेस्सरी देखियो।

यसैलाई चिर्न सरकारले हतार गरेर एकान्तकुनामा रहेको काठमाडौं रिङरोड योजनाको कार्यालयमा फागुन २ गते प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उद्घाटन गर्नुभयो तर कार्यालयलाई चाहिने कर्मचारी भने अझै पूरा गर्न सकेको छैन ।

सरकारले उक्त पानीजहाज कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको खबर नेपालसमापत्रले छापेको छ।





Comments

comments

Leave a Reply

26975