Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जापानमा १०५ जनाले रगत दान गरे

जापानमा १०५ जनाले रगत दान गरे
नेपाल जापान युथ क्लब को दोश्रो रक्तदान कार्यक्रम जुन ८, २०१४ का दिन कावासाकी, जापान रेडक्रसको रक्तदान गर्ने स्थलमा भव्यताका साथ् सम्पन्न भयो। उपस्थित १३० मद्धे १०५ जना नेपालीहरुले रक्तदान गरे। रक्तदान गर्न इच्छा गर्नु भएका बाँकी महानुभावहरुको रक्तचाप, विदेश भ्रमण, खालि पेट, तथा नशा नभेटिएको कारणले रगतदान गर्न पाएनन।

रगत दान गर्न लामो लाइन बस्नु परेकाले धेरै जापानीजहरु फर्किदै नेपालीहरुले गरेको रगत दान कार्यक्रमले आफ्नो मन छोएको अभिव्यक्ति दिएका थिए। नेपाली रक्तदाताहरुको अत्यधिक भेलाले स्वयम् सेवक र ब्लड बैंकका कर्मचारीहरुलाई हम्मे हम्मे भएको थियो।

गत बर्ष मे १२, २०१३का दिन मातृ दिवस(आमाको मुख हेर्ने )को अवसरमा यो संस्थाले जापानको इकेबुकुरोमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। यसपालिको नेपाल जापान युथ क्लबको रक्तदान कार्यक्रम संयोजक सौगात गुरुङ र सरिता लालचनको सक्रियतामा भएको थियो। सौगात गुरुङ इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स का कार्यकारिणी सदस्य पनि हुन्।

अर्जुनप्रसाद मैनाली
अध्यक्ष, इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स





Comments

comments

27