वेष्ट काउलुन हाईवेमा बस दुर्घटना, २ को मृत्यु, एक दर्जन घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –

४ मार्च, हङकङ । दुई तले सिटीबसले रोकिराखेको लोरीलाई ठक्कर दिंदा सोमबार बिहान वेष्ट काउलुन हाई वेमा दुई जनाको मृत्यु भएको छ। घटनामा बसका एक दर्जन यात्रु घाइते भएका छन्।

समाचार स्रोतका अनुसार डबल डेकर सिटीबस रोकिराखेको कम्प्यूटरका पाटपूर्जा बोकेको लोरीसंग ठोकिएको हो। चालकले लोरीको पछाडि केहि जाँच गरिरहेको बेला डबल डेकर बसले ठक्कर दिएको हो।

दुर्घटनामा दुवै चालकहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना बिहान  १०:२० बजे भएको हो। घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ।

टिभि फुटेजमा बसको अगाडिको भाग गम्भीर क्षतिग्रस्त भएको देखिन्छ।

फोटो सौजन्यः एप्पल डेली





Comments

comments

Leave a Reply

27164