पहिलेकै जस्तै सुन्दर र आकर्षक बन्ने भयो रानीपोखरी, भक्तपुरका सिपालु कर्मीहरुले सुरु गरे पुननिर्माण

काठमाडौँ – रानीपोखरीलाई पूर्ववत् अवस्थामा फर्काउन भक्तपुरका सिपालु कर्मीहरु काममा जुटेका छन्।

प्राचीन प्रविधिबाटै पोखरी पुननिर्माण गर्न भक्तपुर नगरपालिकाले ४० जना प्राविधिक उपलब्ध गराएको हो । यो टोलीले करिब ५० वर्षदेखि सुकेको भक्तपुरकै भाजु पोखरीसमेत पुननिर्माण गरिरहेको समाचार कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन्।

भूकम्प गएकै वर्षको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माणको शिलान्यास गरे पनि अनेकन विवादमा फस्दा काम रोकिएको थियो।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले विभिन्न कामको विभाजन गर्दै सोमबारबाट कामको थालनी गरेको हो।

त्यही क्रममा पानी तान्ने प्राचीन प्रविधिको काम उपभोक्ता समितिमार्फत हुने भएको छ भने बाँकी काम ठेकेदारको जिम्मा लगाइएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्र श्रेष्ठले बताए।

मन्दिर, पश्चिमतिरको छेउबाट मन्दिरसम्म जाने पुल र रानीपोखरी बाहिरको कामको जिम्मा ठेकेदारलाई नै गर्ने भएका छन्।





Comments

comments

Leave a Reply

27182