८४ दिनसम्म हाजिर नगरेपछि डा. गोविन्द केसीको तलव रोक्का

काठमाडौं, बेलाबेला मेडिकल शिक्षाको सुधारको माग गरी अनशन बस्दै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको ।

डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव रोक्का गरिदिएको खबर यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ।

स्रोतका अनुसार शिक्षण अस्पतालले डा.केसीलाई ८४ दिनसम्म कता हराएको भनेर स्पष्टीकरण सोधेको छ । तर, डा.केसीले शिक्षण अस्पताल महाराजगञ्जलाई चित्त बुझ्ने जवाफ दिन सकेका छैनन्।

पछिल्लो पटक अनशन बसेका डा. केसीले शिक्षण अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए । तर, डा.केसीले लिखित रुपमा विदा मागेका छैनन् । कानूनतः डा.केसीले लिखित रुपमा आफ्नो विदा स्वीकृत गराउनुपर्छ । तर, उनले अनशन बस्ने बेला विदा स्वीकृत गराएनन्।

डा.केसीको उद्देश्य राजनीतिक रहेपनि विदा स्वीकृत नै नगराई अनशन बसेपछि उनी हाजिर नगरी गयल भएका छन् । विदा स्वीकृत नै नगराई ८४ दिनसम्म गयल भएपछि डा.केसीको हाजिरीका आधारमा तलव रोक्का भएको हो।

डा.केसीले हाजिर नगरेको दिनको पनि तलव र भत्ता दाबी गर्दै आएका छन् । तर, शिक्षण अस्पताल महाराजगञ्जले डा.केसीसँग ८४ दिनसम्म किन हाजिरी नगरेको भनेर स्पष्टीकरण सोधेको छ।

डा.केसीले ८४ दिनको हाजिरी नगरे वाफतको तलव भत्ता नलिने घोषणा गर्न सकेका छैनन् । कानूनी रुपमा उनले तलव भत्ता नलिने घोषणा गनेवित्तिकै उनी बर्खास्तीमा पर्न सक्छन । डा.केसीलाई कारबाही गरेर हटाउने सम्मको निर्णय हुन सक्छ।

कारबाहीमा पर्ने भएपछि डा.केसी जसरी पनि ८४ दिनको हाजिरी मिलाउने र तलव भत्ता लिने योजनामा पुगेका छन्।

‘डा.गोविन्द केसीले ८४ दिनको तवल हाजिरी नै नगरेर लिने प्रयास गर्नुभएको छ’, शिक्षण अस्पताल प्रशासनका एक उच्च अधिकारीले भने–‘हाजिरी नै नगरेको सरकारी कर्मचारीलाई कसरी तलव खुवाउने ? प्रश्न उठेको छ।’

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

27525