सांसदलाई एक करोडको योजना, भाग पाउने भएपछि कांग्रेस पनि मौन

हेटौँडा – प्रदेश ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरित आर्थिक वर्षको अन्त्यतिर अर्बका योजना बाँड्ने तयारी गरेको छ।

संसद छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २ योजनालाई १ करोड रकम विनियोजन गर्न लागिएको समाचार कान्तिपुर दैनिकमा नगेन्द्र अधिकारीले लेखेका छन्।

प्रदेशसभा ३ मा १०९ सांसद छन् । यसका लागि प्रदेश नीति तथा योजना आयोगमार्फत सरकारले संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदलगायतसँग चैत १९ गते मंगलबार छलफल चलाएको छ । आफूले पनि भाग पाउने भएपछि प्रमुख विपक्षी कांग्रेसलगायतका दल पनि मौन छन्।





Comments

comments

Leave a Reply

27597