शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड

काठमाडौँ – एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयको शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन्।

नेताहरुलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले तयारी गरेका छन्।

त्यसका लागि उनीहरुले आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग प्रधानमन्त्रीनिवास बालुवारमा छलफल गरे।

वरिष्ठ नेता नेपाल पक्षले मापदण्डका आधारमा जिल्ला नेतृत्व टुंग्याउनुपर्ने भन्दै अलग सूची बनाएपछि ओली र प्रचण्डले शीर्ष तहका नेताहरूसँग बेग्लाबेग्लै छलफल थालेका हुन्। वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेललाई पनि उनीहरू मनाउने प्रयासमा छन्। नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले समाचार लेखेका छन्।





Comments

comments

27946