लिवियाको राजधानीमा भिषण संघर्ष, कस्तो छ नेपाली शान्ति सैनिकको अवस्था?

काठमाडौं, अफ्रिकी मुलुक लिवियामा कार्यरत नेपाली सेना सुरक्षित रहेको सैनिक मुख्यालयले जनाएको छ । केहीदिन देखि लिबियामा बिद्रोही समूह लिवियन नेशलन आर्मीले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहां कार्यरत नेपाली सेनाको अवस्था सामान्य रहेको पनि मुख्यालले जनाएको छ।

सो बिद्रोही समूहले राजधानी कब्जा गर्न खोजेपछि त्यहौ भिषण संघर्ष भएको खबर नेपाल समाचार पत्र दैनिकले छापेको छ।

गत शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिवियाको बेङ्घाजीमा वार्ता भएको थियो । वार्ता निष्कर्षहिन भएपछि विद्रोही नेता खलिफाले आफ्नो समुहलाई सैनिक कार्वाहीको निरन्तरताको लागि निर्देशन दिएपछि त्यहांको अवस्था असामान्य बन्दै गएको थियो।

विद्रोही समूहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेपनि त्रिपोलीबाट ट्युनिशिया जाने सडकमार्गलाई भने चालु राखेका छन।

त्रिपोलीमा राष्ट्र संघको सहयोगकालागि तैनाथ शान्ति सेनालाई बिद्रोहीले सडकमार्गको प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिशिया जान दिएपछि त्यहा ंरहेका राष्ट्र संघका शान्ति सैनिकहरु ट्युनिसिया जान थालेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन्।

मिशन हेडक्वार्टर तथा मिशन हेडक्वार्टरमा कार्यरत रहेका यूएन स्टाफहरुको सुरक्षाको जिम्मा संयुक्त राष्ट्रसंघिय शान्ति स्थापनाथ अन्तर्गत त्रिपोलीमा रहेका २३१ जना नेपाली शान्ति सैनिकले सुरक्षा दिइरहेका छन्।





Comments

comments

27999