पोखरामा अन्तर्राष्ट्रिय फेसन सप्ताह शुरु

राजाराम पौडेल

पोखरा २८ चैत्र। बिहीबारबाट अन्तर्राष्ट्रिय फेसन सप्ताह नेपाल पोखरा सुरु हुदैछ। फेसन सप्ताहको सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाई छ।

पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा फेसन सप्ताह हुन लागेको हो । नेपाली नयाँ वर्ष २०७६ को अवसर पारेर द काठमाडौं पोष्टको प्रस्तुतीमा फेसन सप्ताह चैत्र ३० गतेसम्म न्युरोड भाटभटेनीमा रहेको पोखरा स्काई स्पोर्टस्मा चल्नेछ।

फेसन सप्ताहमा नेपालभरका २१ जना महिला र ५ जना पुरुष गरी कुल २६ जना मोडलहरु र्याम्प वाल्कमा उत्रनेछन् । यसका अलावा गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभूषा स्थानीय मोडलबाट प्रर्दशन गरिनेछ । कार्यक्रमले गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष २०१९ लाई सघाउ पुर्याउने आयोजकको विश्वास छ।

गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल आदीले कार्यक्रमको रौनतका थप्नेछन् । कल्चरल नृत्य समेत त्यहाँ हेर्न पाइनेछ । तीन दिनसम्म हरेक साँझ ६ बजेबाट राति ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क पाँच सय तिनुपर्नेछ । डिनर सहितको लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने आयोजक डिजाइनर एशोसिएसनका अध्यक्ष दिपक न्यौपानेले जनाए।

ज्वलरी डिजाइनर मोना श्राफले मोडलहरुलाई तालिम दिएकीछन् । फेसन सप्ताहमा नेपाली संस्कृति झल्कने खालका भेषभूषालाई महत्व दिदै प्रर्दशन गरिनेछ । यसले अन्तर्राष्ट्रिय फेसन विकमा जान नेपालीलाई अवसर सिर्जना गर्ने अपेक्षा आयोजकको छ । फेसन सप्ताहको मेकअप पार्टनर गुरुङ व्युटी पार्लर र अनलाइन टिकट पार्टनर खल्ती रहेको छ । तीन दिने फेसन विकमा कुल २१ वटा सिक्वेन्स हुनेछन् । मोडललाई आर्कषक बनाउन १९ जना डिजाइनर खटिनेछन्।





Comments

comments

28082