बालगायिका समिक्षा अधिकारीको नयाँ गीत ‘तिम्रो याद’ सार्वजनिक

काठमाडौं , पछिल्लो समय चर्चित बनेकी बालगायिका समिक्षा अधिकारीको आवाजमा सजिएको निकै मार्मिक गीत ”तिम्रो याद ” गीतको भिडियो सार्वजनिक भएको छ।

भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा ‘तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको हो।

सार्वजनिक गीतको म्युजिक भिडियोमा आफूलाई माया गर्ने मायालुको निकै याद आएको ब्यक्त गरिएको छ । मनभरी आफ्नो मायालुको याद आएको कुरालाई गीतमा पोखिएको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका हुन्। गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ।





Comments

comments

28229