Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सातौं जुनियर ब्याटलको उपाधि अनुलाई, जितिन् १ लाख रुपैयाँ – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

सातौं जुनियर ब्याटलको उपाधि अनुलाई, जितिन् १ लाख रुपैयाँ

काठमाडौं । सातौ जुनियर ब्याटल–२०१९को उपाधि तोरन स्कुलका अनु भण्डारीले जितेकी छिन्।

मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा अबेरसाँझसम्म आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ नगद, क्राउन र विभिन्न उपहार प्राप्त गरिन्। उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

प्रतियोगितामा जुनियरतर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेण्ड रनर अपको उपाधि पाठशाला नेपालकै कुशल लामाले जिते । यस्तै सिनियरतर्फ फस्ट रनर अपको उपाधि एल आर आइ स्कुलबाट आजन्म सापकोटाले र सेकेन्ड रनर अपको उपाधि तोरन स्कुलबाट आश्मा थापाले हाँसिल गरे।

कार्यक्रमको निर्णायकमा भूमिकामा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, संगिता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, सुबेक्षा खड्का, धर्मेन्द्र सेवान, रोहित जोन क्षत्री थिए।





Comments

comments

28421