काठमाडौं । श्रीलंकाको कोलम्बोमा आइतवार बिहान पाँचतारे होटल र चर्चहरु गरी ६ ठाउंमा ऋंखलाबद्ध विस्फोट भएका छन्। विस्फोटमा परि कम्तीमा २०७ जनाको ज्यान गएको छ।
समाचार स्रोतका अनुसार मृत्यु हुनेहरुमा ३५ जना विदेशी नागरिक रहेका छन्। घटनामा ४ सय ५० भन्दा बढी घाइते भएका छन्।
कोलोम्बोस्थित होटल सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलका साथै कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्समा बिस्फोट भएका हुन्।
क्रिश्चियन क्यालेन्डरको एक मुख्य पर्वको रुपमा परेको इस्टर सन्डेका दिन यस्तो घटना भएको हो। इस्टर पर्वको अवसरमा बिहान चर्चमा प्रार्थना गर्न गएका क्रिश्चियन धर्मावलम्बीमाथि लक्षित गरेर बिस्फोट गराउंदा यतिका ठूलो संख्यामा हाताहात भएको हो।
दिउंसो पनि दुई पटक विस्फोट भएपछि सरकारले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। त्यसै गरी, सामाजिक सञ्जालमा समेत बन्देज लगाएको छ।
घटनामा आतंककारी हमला भएको हो वा होइन पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ। घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। (एजेन्सीको सहयोगमा)
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)