Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
निगमले पायो जापान उडान अनुमति, असार १९ देखि नियमित उडान – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

निगमले पायो जापान उडान अनुमति, असार १९ देखि नियमित उडान

काठमाडौं, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ।

यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ।

लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमको जहाजको भाडादर स्वीकृति पाएको हो। यही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए।

अब यो वायुसेवाले असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ । निगमले लामो संघर्सपछि पाएको यो उडानबारे जानकारी दिन औपचारिक कार्यक्रम नै आयोजना गर्ने प्रवक्ता लामाले बताए।

निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।





Comments

comments

28689