काठमाडौं, गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा २३ अर्ब बराबरको रकम खर्चेर कार्यक्रम सञ्चालन गरे पनि देश र जनताको हितमा तात्विक उपलब्धि नभएको पाइएको छ।
२३ देशका ९८ गैरसरकारी संस्थाले नेपालको विभिन्न क्षेत्रमा २३ अर्व ६ करोड ७४ लाख रुपयाँ कार्यक्रम स्वीकृत गरे पनि त्यसले अपेक्षित नतिजा हासिल गर्न नसकेको महालेखा परीक्षण कार्यालयको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ।
गत आर्थिक वर्षमा समाज कल्याण परिषदबाट ती गैरसरकारी संस्थाले कार्यक्रम सञ्चलानर्थ स्वीकृित लिएका थिए । ती संस्थाको १ वर्षदेखि ५ वर्षभित्र खर्च गर्ने र अनुगमन हुने गरी प्रस्ताव र स्वीकृत भई मन्त्रालयमा पेश भएको थियो।
अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, भूकम्प प्रभावित व्यक्ति, समुदाय विकास मानव तस्करी लगायतका क्षेत्रमा प्रस्ताव गरेअनुसार २१ अर्व ६ करोड७४ लाख स्वीकृत गरेको देखिएको छ तर गएको आर्थिक वर्षमा परियोजना प्रस्ताव भएअनुसार खर्च गरे÷नगरेको अनुगमन भएको पाइएको छैन। नेपाल समाचारपत्रमा सुम्निमा काफ्लेले खबर लेखेकी छन्।