राईको आवाजमा नयाँ म्युजिक भिडियो सार्बजनिक

सुमधुर स्वरका धनि गायक कृष्ण भक्त राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ।

सार्बजनिक ‘सरु’ बोलको गीतमा लिल कृष्ण पुनको शब्द तथा संगीत रहेको छ। लामो समयदेखि जापानमा बस्दै आएका श्रष्टा लिल कृष्ण पुन नेपाली गीत संगीतमा सक्रिय नाम हो।

सागर बिरहीले संगीत संयोजन गरेको गीतको भिडियोलाई क्रान्ति केसीले सम्पादन तथा निर्देशन गरेका हुन् । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई संगम ईन्टरटेन्मेन्टले निर्माण गरेको हो।

गीतको भिडियोमा बिक्रम बुढाथोकी, नेपाली चलचित्रकी अभिनेत्री शिल्पा पोखरेल र प्रकाश गौतमलाई फिचर्ड गरिएको छ। भिडियोलाई संगम ईन्टरटेन्मेन्टको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो।





Comments

comments

29000