डिप्रेसनबाट बच्न खाऔँ च्याउ

  • च्याउका विभिन्न फाइदा छन्। केही समयअघि फेरि यसको नयाँ महत्वपूर्ण फाइदा पत्ता लागेको छ। च्याउले डिप्रेसनको सिकार भएकाको उपचारमा विशेष भूमिका खेल्ने एक अध्ययनबाट पत्ता लागेको हो । च्याउमा धेरै त्यस्ता तत्व हुन्छन्, जसले डिप्रेसनपीडितलाई राहत पुग्छ।
  • बेलायतकोे इन्पेरियल कलेजका शोधकर्ताहरूका अनुसार यसमा भएको गुणले डिप्रेसनको दुस्प्रभावबाट बचाउने काम गर्छ । यसमा साइलोसाइबिन नामक तत्व हुन्छ, जसले डिप्रेसनको खतरालाई कम गर्न मद्दत गर्छ।
  •  डिप्रेसनको सिकार भएकालाई च्याउ खुवाएर यसको अनुसन्धान गरिएको थियो । त्यसबाट च्याउमा भएको साइलोसाइबिनले बिरामीको मुड र लक्षणलाई सुधार गरेको प्रमाणित भएको थियो । त्यस्तै, यसको प्रयोगले डिप्रेसनको सम्भावनालाई पनि कम गर्ने बताइएको छ। नयाँपत्रिकामा स्वास्थ्यसम्बन्धी सामग्री छापिएको छ।




Comments

comments

29013