बुद्ध जन्मेको नेपालमा… (कविता) – कोमल मल्ल

कोमल मल्ल –

बिश्व,
एक आङ ढाक्न
एक बास बस्न
एक गास टार्न
शान्तिको स्वास चाहिन्छ ..

कवि कोमल मल्ल

बुद्ध जन्मेको पवित्र नेपाली माटोमा
स्वर्णीम
सृजनशील
शास्वत सत्य
अतुलनीय बौद्ध दर्शनको
स्वच्छ पवन पाईन्छ
शान्तिको स्वास फेर्न आउ विश्व
मनमोहक, सुन्दर र अमूल्य प्रकृति छ
बुद्ध जन्मेको नेपालमा,बुद्ध जन्मेको नेपालमा ..

तपस्पीहरुको तपो भूमि हो नेपाल
ज्ञानीहरुको ज्ञानभूमि हो नेपाल
कर्मीहरुको कर्मभूमि हो नेपाल
वीरगाथाको पुण्यभूमि हो नेपाल

अनि
फाटहरूको
पहाडरुको
हिमालहरुको
अखण्ड अमर शान्तभूमि हो नेपाल
निर्मल गगन छ
कलकल नदी बहन्छ
सारगर्भित अनुकरणीय धर्म संस्कृति छ
लालिमाले चन्द्र सूर्य ध्वजा
चुमि रहन्छ …चुमि रहन्छ …
माटो हो बुद्ध खेलेको नेपाल!
माटो हो बुद्ध हिडेको नेपाल!

माटो हो शान्तिमन्त्र श्रृजनाको
पावन भूमी नेपाल !
स्वर्ण स्वर्गभूमी नेपाल !
भगवान गौतम बुद्द जन्मेको नेपाल, बुद्द जन्मेको नेपाल …

आउ विश्व तप गर्न
आउ विश्व जप गर्न
आउ विश्व ध्यान गर्न
आउ विश्व पुजा गर्न
र शान्ति मन्त्र श्रवण गर्न
शान्तिको जल अभिषेक गर्न
शान्तिमा शान्तिको प्रसाद ग्रहण गर्न
शान्तिको साश्वत पवित्र मन्दिर
भगवान गौतम बुद्ध जन्मेको नेपालमा…!!!

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

29290