अपडेटः बस त्रिशुली नदीमा खस्यो, आठको मृत्यु, २९ घाइते…

काठमाडौंः झापाको काकडभिट्टाबाट काठमाडौं आउंदै गरेको यात्रुबाहक बस आइतवार विहान त्रिशुली नदीमा खसेको छ।

दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पाँच जनाको घटनास्थलमै मृत्यु र तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरिकी ३६ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य छन्।

दुर्घटनामा प्रकाश श्रेष्ठ, शेखर मगर र उज्ज्वल पाण्डे नामका व्यक्तिको पनि मृत्यु भएको छ । तर, उनीहरूको ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ । एक मृतकको अझै सनाखत हुन सकेको छैन।

गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29304