ताई मो शानको फेदमा हेलिकप्टर दुर्घटना, एकको मृत्यु

हङकङः १९ मे। ताई मो शानको फेद पाट हेयुङ र बोटानिक गार्डेनबीचको कादुरी फार्ममा आइतवार साँझ हेलिकप्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ।

हेलिकप्टर ठूलो आवाजसहित दुर्घटना भएको सूचना पाउनसाथ प्रहरी उद्धारकर्मी, फायर सर्भिस र एम्बुलेन्सको टिम पुग्दा एक जनाको जलेको शव भेट्टिएको प्रहरीले जनाएको छ।

मृतक पाइलटको परिचय खुलाईएको छैन। दुर्घटना हुंदा पाइलटको जुत्तासहित हेलिकप्टरको पाटपुर्जाहरु निकै टाढासम्म उछिट्टिइको जनाइएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

कादुरी फार्म हङकङको अग्लो पहाड ताई मो शानको भिरालो फेदमा १४८ हेक्टर भूभागमा फैलिएको छ।

फोटो सौजन्यः हङकङ प्रहरी र अन सीसी





Comments

comments

29327