चीन सकेसम्म काठमाडौंमा रेल ल्याउने पक्षमा छ- चिनीयाँ राजदूत यान्छी

काठमाडौँः बीआरआईको दोस्रो सम्मेलनमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ३८ देशको सहभागिता भएको र त्यहाँ भण्डारीले दिएको भाषण दुई देशको सम्बन्धमा महत्त्वपूर्ण साबित भएको राजदूत चिनीयाँ राजदूत होउ यान्छीले बताइकी छन्।

नेपाल र चीनबीच हिमाल वारपार हुने गरी बहुआयामिक पारवहन सञ्जालबारे बेइजिङमा सम्झौता भएको र त्यसअन्तर्गतै नेपालमा चिनियाँ रेल ल्याउने योजना पनि अघि बढेको उनले बताइन्।

‘तर रेलमार्ग निर्माण गर्ने प्रक्रिया सजिलो र छिटो भने छैन,’ राजदूत यान्छीले भनिन्, ‘अहिले हामी कुनै पनि योजनाको पहिलो चरण प्रि-फिजिबिलिटी स्टडी सकेर बसेको अवस्था छ, यसको फिजिबिलिटी स्टडीमै अर्बौं रुपैयाँ लाग्छ, त्यसपछि बनाउन सकिने/नसकिने टुंगो लाग्छ र पनि चीन सकेसम्म काठमाडौंमा रेल ल्याउनेपक्षमा छ।’

‘फस्ट सर्वे एन्ड डिजाइन’ नामको एक चिनियाँ कम्पनीले गत वर्ष केरुङ–काठमाडौं रेलमार्गको प्रिफिजिबिलिटी स्टडी गरेको थियो। केही अघि सार्वजनिक भएको प्रतिवेदनमा तिब्बतको उचाइबाट काठमाडौं उपत्यकाको गहिराइसम्म रेल ल्याउनु निकै दुष्कर र चुनौतीपूर्ण भएको उल्लेख छ। यो समाचार कान्तिपुरमा छापिएको छ।





Comments

comments

29433