गायिका सिर्जना गुरुङको नयाँ गीत सार्वजनिक- ‘राजकुमार’

काठमाडौँ: गायिका सिर्जना गुरुङको नयाँ गीत ‘राजकुमार’को म्युजिक भिडियो सार्बजनिक भएको छ।

अमेरिका निबासी बरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गायिका सिर्जना गुरुङले सुमधुर आवाज भरेकी छिन्। दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर गीतकारको रुपमा आफूलाई स्थापित गराउन सफल गीतकार एक सर्जकको साथै साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन्।

सुन्दर तथा आकर्षक मोडल सुनिक्षा मैनालीको अभिनय रहेको म्युजिक भिडियोको गीतमा चर्चित संगीतकार महेश ज्ञवालीले संगीत भरेका छन्।

म्युजिक भिडियोलाई निर्देशक प्रसन्न पौड्यालले निर्देशन गरेका छन् भने तारा थापाले सम्पादन गरेका छन्। भिडियोलाई भाबसागर इन्टरटेन्मेण्टले बजारमा ल्याएको हो।







Comments

comments

29466
%d bloggers like this: