संबिधानविद डा.चन्द्रकान्त ज्ञवाली बेलायत आउदै….

सन्तोष थलङ

बेलायतः संबिधानविद तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली बेलायत आउनु हुने भएको छ।

डा.चन्द्रकान्त ज्ञवाली

ब्रिटिश गोरखाहरुका नेपाली नागरिकता निरन्तरता सम्बन्धी संबैधानिक एवं कानुनी अवस्था र आधार आदि बिषयमा बेलायतबासी गोरखा समुदायलाई स्पष्ट पार्न ज्ञवाली बेलायत आउन लाग्नु भएको हो।

ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता सघर्ष समिति-यूके (BGNCCSC-UK) को निमन्त्रणामा उहाँ ३१ मेका दिन लण्डन आइपुग्ने कार्यक्रम तय भएको छ।

डा. ज्ञवाली संबिधानविद तथा सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता एवं प्राध्यापक हुनुहुन्छ। उहाँ ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियानका संस्थापक कानुनी सल्लाहकार (निशुल्क) साथै संघीय गणतन्त्र नेपालको संविधान २०७२ का एक प्रमुख मस्यौदाकार हुनका साथै नेपाल सरकारका संवैधानिक मामला सम्बन्धी परामर्शदाता र भावी नेपालको प्रधान न्यायाधीशको एक नम्बर उम्मेदवार समेत हुनुहुन्छ।

डा. ज्ञवाली यूकेका बिभिन्न क्षेत्रमा रहेका गोरखा समुदायलाई सम्बोधन गर्ने कार्यक्रम अनुसार यूकेमा दुई साता रहनु हुनेछ।

मुख्य गरी उहाँले निम्न मिति र स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ:

* ०१ जुन २०१९ शनिबार – गोल्डेन शिप रेष्टुरेन्ट नर्थहल्टमा ११:०० देखि १५:०० बजेसम्म‌।
* ०२ जुन २०१९ आइतबार – क्राइस्ट चर्च, आश्फोर्ड केन्टमा, ११:३० देखि १६:०० बजेसम्म ।
* ०९ जुन २०१९ – एम्पायर बाङक्विट हल, अल्डरसटमा १२:०० देखि १६:०० बजेसम्म ।
* १२ जुन २०१९ – स्कटल्याण्ड
* १५ जुन २०१९ – वेल्स

यस महत्वपूर्ण अवसरमा यूकेवासी गोरखा समुदायलाई आफ्नो र भावी सन्ततीहरुको नेपाली नागरिक अधिकार, राष्ट्रियता र पहिचानका बिषयमा स्पष्ट हुन उल्लेखित कार्यक्रमहरुमा अनिवार्य उपस्थित हुन ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता सघर्ष समिति-यूके (BGNCCSC-UK) ले बिनम्र अनुरोध गरेको छ।

यसका अलावा अन्य मिति र स्थानमा पनि थप कार्यक्रम हुनेभएको ले BGNCCSC-UK को सूचना, सामाजिक सञ्जालहरुमा हेर्न सबैमा आव्हान गरिएको छ।

जय गोरखा!!!

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29588