Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
क्रिकेट रंगशालाको पर्खालमा डोजर लगाउनेविरुद्ध मुद्दा, पार्टीले गर्यो निलम्बन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

क्रिकेट रंगशालाको पर्खालमा डोजर लगाउनेविरुद्ध मुद्दा, पार्टीले गर्यो निलम्बन

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरक्षाका लागि लगाइएको तारबार भत्काएको आरोपमा पक्राउ परेका १८ जनाविरुद्ध मुद्दा चलाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार मुख्य आरोपित प्रकाश कँडेलसहित उनीहरूविरुद्ध मुद्दा चलाएको हो । मुद्दा चलाइएका सबै वडा नम्बर १६ का बासिन्दा हुन् । जसमा पाँचजना महिला छन्।

मुद्दा चलाइएकामा तुलसी गुरुङ, देव तामाङ, राजन सापकोटा, सञ्जु गुरुङ, भैरव बस्ताकोटी, सुरेन्द्र विक, कृष्ण कँडेल, दीपक आचार्य, राजु सापकोटा, देव गुरुङ, विपीन भट्टराई, धुव्र चापागाईं, पारू परियार, यशोदा पौडेल, कोपिला सापकोटा, ईश्वरी माया तामाङ र मञ्जु चापागाईं छन्।

घटनाको भत्सर्ना
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको घटनाको चितवनका राजनीतिक दलहरूले भत्र्सना गरेका छन् । बिहीबार भरतपुर महानगरमा भएको बैठकमा सबै दलले दोषीलाई कारबाही गरी तत्काल निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । सुरक्षा नभएको भन्दै निर्माण पक्षले बुधबार अबेर विज्ञप्ति निकालेर निर्माण स्थगित गरिएको जनाएको थियो।

भरतपुर महानगरप्रमुख रेनु दाहालले दोषीलाई कारबाही र निर्माणलाई तीव्रता दुवै काम भएमा फेरि पनि रंगशाला निर्माणले गति पाउने बताइन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आवश्यक सुरक्षा दिन आफूहरू तयार रहेको बताए । घटनामा संलग्न भनिएका नेकपा समर्थित सदस्यहरूलाई पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरिएको छ । चितवन नेकपा अध्यक्ष यमबहादुर परियारद्वारा जारी विज्ञप्तिमा दोषीलाई कारबाहीको मागका साथै पार्टीबाट निलम्बन गरिएको उल्लेख छ । चितवन जिल्ला खेलकुद विकास समितिले घटनाको घोर भत्र्सना गरेको छ। यो खबर दीपेन्द्र अधिकारीले नयाँपत्रिकामा लेखेका छन्।





Comments

comments

29619