फेसबूकमा परपुरुषसंग लभ परेपछि…

पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन्।

फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे। फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे। उनले केही नसोची युवकले भनेजसरी गरिन्। समय बित्दै गयो।

भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने धम्की दिन थाले । उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे । साजनाले पतिलाई घटनाबारे जानकारी दिइन्। त्यति बेलासम्म साजना प्रहरीमा पुग्न ढिलाइ भइसकेको थियो । ती युवक वैदेशिक रोजगारीका लागि मलेसिया उडिसकेका छन्।

सामाजिक सञ्जाल दुरुपयोगका प्रतिनिधि घटना मात्रै हुन् यी। प्रहरीमा यस्ता घटनाका उजुरीको चाङ छ। महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराधबारे अनुसन्धान गर्दै आएको छ । महाशाखामा साउनदेखि वैशाखसम्म मात्र ४ हजार उजुरी परेका छन्। यसमध्ये प्रहरीले १ हजार ५ सय ७० वटामा मुद्दा चलाएको छ । ‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन्’, महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘मन मिलेसम्म सबै कुरा गर्ने र नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ।’

उनका अनुसार उजुरी आउने अधिकांश घटना फेसबुकसँग सम्बन्धित छन्। महाशाखाको अध्ययनअनुसार २० देखि ३० वर्ष उमेर समूहले सामाजिक सञ्जाल दुरुपयोग गर्दै आएको पाइएको छ। यो समाचार अन्नपूर्णपोष्ट सुवास गोतामेले लेखेका छन्।





Comments

comments

29632