‘पाँच वर्ष ओली नै प्रधानमन्त्री’- दाहाल

धरान: नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्।

सरकारको ‘आलोपालो सहमति’ का विषयमा दाहालले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिपछि दुई अध्यक्षको सम्बन्धमा खटपट सुरु भएको आँकलन गरिरहँदा उनले अनावश्यक कुराले पार्टीभित्र फाटो नआउने र आउन पनि नदिने स्पष्ट पारेका हुन्।

किरात राई यायोख्खा सुनसरीको साकेला सिली समापन कार्यक्रममका लागि विराटनगर हुँदै शनिबार धरान आइपुगेका दाहालले भने, ‘उहाँ (प्रधानमन्त्री केपी ओली) नै पाँचै वर्ष प्रधानमन्त्री बन्न सक्नुहुन्छ। कसरी र कसले सरकार एवं पार्टी चलाउने भन्ने कुरा दुई अध्यक्षबीचको सहमतिमा हुन्छ। अनावश्यक कुराले पार्टीभित्र फाटो आउँदैन र आउन दिइने पनि छैन।’

दाहालले प्रधानमन्त्री ओली र आफूबीच कुनै विवाद नभएको दाबी गरे। पार्टी एकताका बेला प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे स्वाभाविक प्रतिक्रिया दिँदा सञ्चारमाध्यमले सरकार परिवर्तनसँग जोडेर अतिरन्जित बनाएको गुनासो दाहालको थियो। यो खबर अन्न्पूर्णपोष्टमा रत्नप्रसाद आचार्य र किशोर बुढाथोकीले लेखेका छन्।





Comments

comments

29653