युरोप पुगेर न्याय माग्दै पूर्वलडाकु

तत्कालीन नेकपा माओवादीका लडाकु लेनिन बिष्ट न्याय खोज्न युरोप पुगेका छन्।

युरोप गएका उनले तत्कालीन नेकपा माओवादीले राज्य पक्षसँग युद्ध लड्न भर्ना गरेका बालसैनिकको पक्षमा न्याय दिलाउन विभिन्न निकायलाई गुहारेका छन्।

बिष्टले युरोपियन एक्सटर्नल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एन्ड साउथ एसिया, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगलगायत निकायमा न्याय माग्दै पत्र बुझाएका हुन्।

माओवादीले युद्धमा लगाएका बालबालिका शिक्षाको आधारभूत अधिकारबाट बञ्चित भएकाले सामाजिक न्यायको सिद्धान्त अनुसार उनीहरुलाई आर्थिक र सामाजिक प्याकेजको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य उपचार, मनोवैज्ञानिक परामर्श, सामाजिक सहायतालगायत व्यवस्था गर्नुपर्ने माग पनि उनले गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29773