हङकङ प्रदर्शन: हजारौं प्रदर्शनकारीद्वारा हङकङको पुलिस हेडक्वार्टर कब्जामा, सरकार र प्रहरी प्रमुखहरु मौन…

विरोध प्रदर्शन

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ जुन। प्रस्तावित सुपुर्दगी कानुनको बिरोध गर्दै हङकङमा शुरु भएको विरोध प्रदर्शन तुरन्त रोकिने सम्भावना देखिएको छैन।

हजारौ प्रदर्शनकारीले शुक्रवार हङकङ प्रहरीको प्रमुख कार्यालय (पुलिस हेडक्वार्टर) कब्जामा लिएका छन्। १२ जुनमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै प्रहरी प्रमुखको राजीनामा माग्दै शुक्रवार विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले नाराबाजी गर्दै कार्यालयको भित्ताभरी अण्डासमेत प्रहार गरेका छन्। पुलिस हेडक्वार्टरलाई चारैतिरबाट घेराबन्दी गर्दासमेत सरकार र प्रहरी प्रमुखहरु भने यतिबेलासम्म मौन बसेका छन्।

हेर्नुहोस् भिडियोः

भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम





Comments

comments

30040