प्रदर्शनकारीहरुले यसरी तोडफोड गर्दै हङकङको संसद भवन लियो आफ्नो कब्जामा

यसरी भयो तोडफोड

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, १ जुलाई। प्रस्तावित सुपुर्दगी कानुन फिर्ता लिनु पर्ने मागसहित शुरू भएको विरोध प्रदर्शनले सोमबार झन ठूलो रुप लियो।

बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२औं वर्षगाँठको दिनमै प्रदर्शनकारीले हङकङको संसद भवन (विधान परिषद) तोडफोड गर्दै आफ्नो कब्जामा लिएका छन्।

प्रदर्शनकारी संसद भवनभित्र पसेर हङकङको झण्डामा कालो पोतेर बेलायतको झण्डा टाँसेका थिए।

यसअघि, प्रहरीले रोक्न खोजे पनि प्रदर्शनकारी उग्र बन्दै तोडफोड गरेर भित्र प्रवेश गर्न साथ प्रहरी पछि हटेको थियो।

हेर्नुहोस् हाम्रा फोटो पत्रकार जगतअम्बु गुरुङले खिचेको भिडियोः

थप हङकङ समाचारको लागि यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30237