विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र

फाईल फोटो

विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन्।

विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिँदा सशस्त्र प्रहरीको एक बटालियन जनशक्ति नै कार्यक्षेत्रभन्दा बाहिर रहेको छ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलार्य १० जना र पूर्वगृहमन्त्रीलाई दुई जना सुरक्षाकर्मी दिने व्यवस्था छ । तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ।

स्रोतका अनुसार विशिष्ट व्यक्तिको सुरक्षाका लागि दुई जना डिएसपी, ८ इन्स्पेक्टर, ३७ सई, १९ असई, ३३ वरिष्ठ हबलदार, ५० हबलदार, १ सय १६ सहायक हबलदार र २ सय ४५ जवान परिचालित छन्। त्यस्तै १९ परिचर र १७ चालक पनि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन्। यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।





Comments

comments

30282