Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली महिला आरोहण दलद्वारा अमेरिकाको देनाली हिमालको सफल आरोहण

विजय थापा / एचकेनेपाल डट कम –
अमेरिका। सात नेपाली साहसी महिलाहरु शैली बस्न्यात, नीम डोमा शेर्पा , आशा कुमारी सिंह, चुनु श्रेष्ठ, पुजन आचार्य, पेमा डिकी शेर्पा र माया गुरुङले अमेरिकाको उच्च हिमाल माउन्ट देनाली सफलतापूर्वक आरोहण गरेका छन्।

गत २९ तारिखका दिन ती महिलाहरुको समूहले करिब ६१२५ मिटर अग्लो देनाली हिमाल सफलतापूर्बक आरोहण गरेका हुन्।

समूहले सन् २००७ मा सगरमाथाको सफल आरोहण गरेपछि महिला शिक्षा, वाताबरणीय सचेतना एबम महिला शक्तिको मुख्य उद्देश्यसहित सातै महादेशका उच्च हिमाल ७ वर्ष भित्रमा आरोहण गर्ने प्रतिज्ञासहित शैली बस्नेतको संयोजकत्वमा आरोहण सुरु भएको थियो।

आरोहण दलमा फोटोग्राफरको भूमिकामा सफल आरोही आङ्ग छिरिंङ्ग लामा रहेका थिए। उक्त आरोहण दलका सम्पूर्ण सदस्यहरुलाई नेपाल करातेका राष्ट्रिय निर्णायक प्रशिक्षक, अमेरिकी कराते महासंघका निर्णायक अधिकारी एबम विश्व कराते महासंघ (डब्ल्यु केसी) का निर्णायक सरोज भट्टराईले तलकित्ना एअरपोर्टमा खादा ओडाई स्वागत अभिनन्दन गरेका थिए। उक्त समूहको अन्तिम अन्टार्टिका आरोहण यात्रा सफलताका लागि अग्रिम शुभकामना ब्यक्त गर्दै सधैभरि नेपाली र नेपाल आमाको शिर उच्चो राख्न शुभकामना दिदै नेपाली पचास हजार एक रुपयाँको सहयोग समेत प्रदान गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए।





Comments

comments

305