प्रदेश सरकारले एक वर्षमै किन्यो २९ करोडको लक्जरियस गाडी

नमूना फोटो

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ।

-

जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौँको गाडी खरिद गरेको हो।

०७५/७६ मा ३० वटा लक्जरियस गाडी, ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स खरिद गरेको हो । जसमा प्रदेश सरकारले २९ करोड १९ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यमन्त्री त्रिलोचन भट्ट चढ्ने गाडीसहित ८ वटा पुरानै गाडी छन् । मुख्यमन्त्री भट्टले १ करोडभन्दा बढी पर्ने टोयटा कम्पनीको फरचुनर मोडेलको गाडी चढ्दै आएका छन्।

यद्यपि, मन्त्रालयले थप नयाँ ८ वटा मोटरसाइकल र २ वटा गाडी खरिद गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ।





Comments

comments

30693