गायक धिरजको बद्लिएको स्वरुप, गायकदेखि सामाजिक अभियन्तासम्म…

पप गायक धीरज राई

पशन तमू / एचकेनेपाल डट कम –

गायक धिरज राई गीत संगीतमा मात्र नभएर सामाजिक कार्यमा पनि निक्कै सक्रिय छन्।

पेशाले ओभरसियर, अंग्रेजी साहित्यका अध्यापक, अंग्रेजी भाषाका प्रशिक्षक, वृत्तचित्र निर्माता र लेखकसमेत रहेका गायक राई पछिल्लो समय सामाजिक अभियन्ताका रुपमा सक्रिय छन्।

प्राज्ञ सरुभक्तको साथमा गायक राई

नेपालका माइकल ज्याक्सनसमेत भनेर चिनिने पप गायक धिरज राई पछिल्लो समय बुद्ध नेपालमा जन्मेका हुन् भन्दै देशीविदेशीलाई जानकारी गराउने अभियानमा जुटेका छन्।

छिमेकी देशमा बुद्ध भारतमा जन्मेका हुन् भन्ने विद्यालयको पाठ्यपुस्तकमै समावेश भएको पाइएपछि गायक राईले यो भ्रम मेटाउन यो अभियानमा जुटेका हुन्।

डुंगामा स्टिकर

गायक राईले यसअघि पनि यही सन्दर्भलाई प्रष्ट पार्न अंग्रेजी गीतको अडियो भिडियोसमेत सार्वजनिक गरेका थिए।

हालै गायक राईले पोखरास्थित फेवातालका करीब दुई सय डुङ्गामा भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्टिकर टाँसेका छन्।

पोखरा पुगेर फेवाताल घुम्न जाने देशीविदेशी सबै पर्यटकलाई जानकारी हुनु पर्छ भन्दै स्टिकर टाँसेको राईले बताए।

प्रचार अभियानमा गायक राई

प्राज्ञ सरुभक्तको उपस्थितिमा भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्टिकर त्यहाँका डुंगाहरुमा टाँसेका छन्। पर्यटकले डुंगामा बुद्धको स्टिकर देखेपछि ‘बुद्धको भ्रम चिर्ने काम उनीहरुले नै गर्नेछन्’ गायक राईले भने।

हजार ट्याक्सीमा स्टिकर

त्यस्तै राजधानीमा पनि उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको सहकार्यमा झण्डै एक हजार ट्याक्सीहरुमा बुद्धको स्टिकर टाँसेका छन्।

अभियान जारी छ

एयरर्पोटदेखि होटेलसम्म पुर्याउने काम चालकको रहेकाले पर्यटकलाई बुद्धबारे सत्य तथ्य बुझाउन सक्छन् भन्ने अभिप्रायले ट्याक्सीहरुमा स्टिकर टाँस्ने अभियान थालेको गायक राईले बताए।





Comments

comments

30739