आमाकै संलग्नतामा छोरी बलात्कृत !

नमूना फोटो

धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ।

भंगहा नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएको १२ वर्षीय छोरी बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएको हो।

रोजगारीको प्रलोभन देखाइ आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौनसम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन्।

दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा दिल्ली पुयाएर १५ दिन बलात्कार गरेको पीडित बालिकाको आरोप छ। यो खबर नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

30875