सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब

फाइल फोटो

सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ।

तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ।

भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो रकम बेरुजु देखिएको छ।

१५ वर्षयता भत्ताको ९ अर्ब पेस्की फस्र्योट हुन बाँकी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा अधिकृत उमेश्वर काफ्लेले सम्बन्धित गाविस सचिवले कागजात पेस नगरेको बताए। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

30934