लागुपदार्थ कारोबारमा नयाँ प्रयोग

फोटोः नागरिक

चितवन – इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले गत सोमबार राति रत्ननगर नगरपालिका–२ बाट ४३ किलो चरेस नियन्त्रणमा लियो। चरेससहित ७० वर्षीया भारतीय महिला पक्राउ परिन्। छोरीको घरमा बस्दै आएकी भारत मोतीहारी घर भएकी नुातुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ७० वर्षीय महिला चरेससहित पक्राउ पर्दा प्रहरीसमेत अचम्मित भए । चरेस राखिएको भाँडा र कारोबारका लागि लैजाने तरिकाले समेत प्रहरीलाई चकित बनायो।

७० वर्षकी महिला चरेस कारोबारमा संलग्न छिन् भनेर शंका गर्न नै नसकिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एक नारायण कोइराला बताउँछन्। यसअघि चरेस प्याकेट बनाएर, चक्लाको रूपमा चरेस फेला पर्ने गरेकोमा यो पटक जर्किनमा भेटिएको कोइरालाले बताए।

‘चरेसलाई बाक्लो लेदो बनाएर चारवटा जर्किनमा राखेको भेटियो। यसरी कसैले जर्किनमा चरेस ओसारपसार गर्छ भनेर सोचिएको थिएन,’ कोइरालाले भने, ‘यो लागुपदार्थ ओसारपसार गर्ने नयाँ तरिका हो ।’ प्रायः प्याकेट बनाएर भारत लैजादै गर्दा चरेस फेला पर्ने गथ्र्यो। तस्करी गर्ने यो नयाँ तरिका र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो खबर नागरिकमा सविता श्रेष्ठले लेखेकी छन्।





Comments

comments

31133