नेपालमै आएर नेपालीलमाथि एसएसबीको अत्याचार

एसएसबीको अत्याचार

भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो।

एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो।

एसएसबीले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणधीन भ्यूटावरसहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन।

नेपाल–भारत सीमानजिक आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोकेको यी प्रतिनिधि घटनामात्र हुन्। एसएसबीले पछिल्लो समयमा दशगजा आसपास सक्रियाता तीव्र पार्दै नेपालीलाई नेपालभित्र आएर दुःख दिन थालेको छ।

एसएसबीको आदेशमा नेपालतर्फ बन्दै गरेको घरको निर्माण रोकेका भोटेले भने,‘ एसएसबीले काम रोक्नु भन्यो अहिले घर बनाएको छैन ।’ यो समाचार अन्नपूर्ण दैनिकमा तोयनाथ भट्टराईले लेखेका छन्।





Comments

comments

31146