पक्राउको डरले बस्तीभरि ताला

ढोकामा ताला

पशुचौपाया गोठमा कराइरहेका छन्। घाँस परालले हाल्ने केही छैन। बस्तीका ३४ घरमध्ये सबैजसो घरमा ताला लागेको छ।

यस्तो दृश्य पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँको हो।

कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एकसयभन्दा बढी हरिया रुख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका हुन्।

हरिया रुख काटेको ३६ दिनपछि डिभिजन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन्। यो समाचार कान्तिपुर दैनिकमा नारायण शर्माले लेखेका छन्।





Comments

comments

31395