बेलायतमा पढाइपछि ‘वर्किङ भिसा’

फाइल फोटो

बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म ‘वर्किङ भिसा’ पाउने भएका छन्।

सरकारले सैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागिएको होम अफिसको अध्यागमनसम्बन्धी पछिल्लो श्वेतपत्रमा उल्लेख छ।

अहिले स्नातक वा स्नातकोत्तर अध्ययन सकेपछि ४ महिनामात्र काम गर्न छुट छ।

प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मूल उद्देश्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयमा आकर्षित गर्नु छ। यो समाचार कान्तिपुर दैनिकमा छ।





Comments

comments

31860